Section 20
प्रचलित नेपाल कानुनबमोजिम हुने :
यस ऐनमा लेखिएको कुरामा यसै बमोजिम र अरू कुरामा प्रचलित नेपाल कानुनबमोजिम हुनेछ । तर देहायमा लेखिएको कुरामा देहायबमोजिम गर्नु पर्छ ।
(क) जुनसुकै अड्डा अदालतले अन्य प्रचलित नेपाल कानुनबमोजिम गर्दा गराउँदा प्राचीन स्मारक वा पुरातात्विक वस्तुको हकमा भने मालधनी जोसुकै भए तापनि त्यस्तो वस्तु नेपाल सरकारको पुरातत्व विभाग वा उक्त विभागले तोकिदिएको ठाउँमा पठाउनका लागि प्रमुख जिल्ला अधिकारीकहाँ पठाउनु पर्छ र सो वस्तु मालधनीलाई दिने वा लिलाम गरिनेसमेत कुनै कारवाई गर्नु पर्दैन ।
(ख) खण्ड (क) मा उल्लेख भएको वस्तुको विगोको हकमा प्रमुख जिल्ला अधिकारीद्वारा पञ्चकीर्ति मोल कायम गरी लिई प्रचलित नेपाल कानुनबमोजिम दिलाउने भराउने गर्नु पर्छ ।